(१) नियम २२ बमोजिम कसैको उजुरी परेमा वा ऐन वा यस नियमावली विपरीत कुनै काम कारबाही भइरहेको छ भन्ने विश्वास हुने मनासिब कारण भएमा मन्त्रालय वा निरीक्षण अधिकृतले उपभोग्य वस्तु उत्पादन, बिक्री वितरण वा परिवहन भै रहेको कुनै ठाउँमा गई त्यस्तो ठाउँमा भइरहेको काम, सो काममा लागेका व्यक्तिहरू, सो ठाउँको वातावरण तथा त्यस्तो ठाउँमा देखेका सामाग्री, वस्तु, पदार्थ, औजार र साधनहरूको निरीक्षण, जाँचबुझ तथा खानतलासी गर्न गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण, जाँचबुझ तथा खानतलासी गर्नु पूर्व मन्त्रालय वा निरीक्षण अधिकृतले सम्भव भएसम्म त्यसरी निरीक्षण, जाँचबुझ तथा खानतलासी गर्नु पर्ने कारण सहितको पर्चा खडा गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पर्चा खडा गरिएको अवस्थामा सम्बन्धित व्यक्तिले सो को नक्कल लिन चाहेमा प्रचलित कानूनको रीत पु¥याई नक्कल सारी सराई लिन पाउनेछ ।
(४) उपनियम (१) बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने निरीक्षण अधिकृतले अनिवार्य रूपमा अनुसूची –३ बमोजिमको परिचयपत्र आफ्नोसाथमा राख्नु पर्नेछ ।